साप्ताहिक संवाददाता
आश्विन २३, २०७५
अभिनेत्रीका रुपमा आफ्नो परिचय स्थापित गरेकी नायिका हुन् – सारिका घिमिरे । केहि चलचित्रमा अभिनय गरेकी घिमिरे पछिल्लो समय भने गायिकाको रुपमा चर्चामा छिन । अघिल्लो साल एल्वम तथा यसै वर्षको तीजमा तीज गीत समेत सार्वजनिक गरेकी घिमिरेले पछिल्लो समय अर्को नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समय बजारमा आएको गीतमा शब्द तथा संगीत सारिकाको नै छ । ‘दिल टुट्यो कसरी भन्नु’बोलको गीतमा संगीत संयोजन भने सबिन लिम्बुको रहेको छ ।
विरेन्द्र भाट विपिनले निर्देशन गरेको म्यूजिक भिडियोलाई सुशिल डाँगीले छायांकन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :