साप्ताहिक संवाददाता
आश्विन २४, २०७५
इकुहिटी महिला समुहले बडा दसैंको शुभकामना स्वरुप ‘1974 AD सांगीतिक कार्यक्रम’को आयोजना गर्ने भएको छ । समुहले यहि असोज २७ गते धोबिघाटमा कार्यक्रमको आयोजना गर्ने छ ।
एक वर्षको सांगीतिक विश्रामपछि यो सांगीतिक ब्यान्डले आफ्नो प्रसतुती दिन लागेको हो । त्यस क्षेत्रका महिलाको हक हितका संरक्षणको क्षेत्रमा काम गर्दै आएको इकुहिटी समुहले आयोजना गरेको यो कार्यक्रममा सन्दिप क्षेत्रीले पनि आफ्नो प्रसतुती दिने छन् ।
कार्यक्रम असोज २७ गते दिउासो ३:३० बजेबाट सुरु हुने छ । यो कार्यक्रमलाई वार्सटेनर बियरले प्रायोजन गरेको हो ।