साप्ताहिक संवाददाता
नेपालमा मोबाइल बजारको सम्भाव्यता बढ्दै गएको छ । कुनै समय राजधानीको न्युरोडलाई मोबाइल हब मानिन्थ्यो । यद्यपि अहिले अन्य स्थानमा समेत मोबाइल बजार विस्तार हुने क्रम बढिरहेको छ । न्युरोडस्थित ताम्राकार मोबाइल व्यापार संघका सचिव एवं मोबाइल व्यवसायी गुरुदत्त शर्मा चाडपर्वको समयमा ग्राहक पनि निकै बढ्ने र कम्पनीहरूले विभिन्न आकर्षक स्किम ल्याउने भएकाले मोबाइलको व्यापार उत्साहजनक हुने बताउँछन् ।
दसैं–तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा बजारमा नयाँ मोबाइल अर्थात स्मार्टफोन खोजी गर्नेहरू पनि बढ्दै जान्छन् । कुनै जमानामा यस्ता चाडपर्वमा नयाँ पहिरन लगाउनुपर्छ भन्ने संस्कार थियो भने उक्त संस्कार परिवर्तन भएर अब नयाँ मोबाइल फेर्नुपर्छ भन्ने चलनको विकास भएको छ । मानिसका आवश्यकता अनगिन्ती हुन्छन् । यद्यपि अहिले यो आवश्यकता मोबाइलमा आएर अडिएको छ । नयाँ मोबाइल पाएपछि अन्य आवश्यकतालाई थाति राख्नेहरू पनि त्यत्तिकै छन् ।
मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा व्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अरूले एकदेखि डेढ बर्षमा मोबाइल फेर्छन् । विश्व प्रचलित ब्रान्डले नयाँ मोडल बजारमा उतार्नासाथ नेपालमा तुरुन्तै त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् ।
व्यवसायीहरूका अनुसार नेपालमा वार्षिक करिब २५ लाख थान मोबाइल बिक्री हुन्छ । त्यस्तै व्यापारको आकारसमेत बढेर वार्षिक करिब १२ अर्ब रुपैयाँ पुगेको व्यवसायीहरू बताउँछन् । नेपालको मोबाइल बजार वार्षिक २० देखि २५ प्रतिशतले बढिरहेको छ । नेपाली बजारमा करिब ४० वटा ब्रान्डको उपस्थिति छ । तीमध्ये करिब एक दर्जन ब्रान्डको बजार राम्रो मानिन्छ ।
शाओमी रेडमी ६
मिडियाटेक प्रोसेसर, ३ जीबी र्याम र ६४ जीबी स्टोरेज, ५.४५ इन्च डिस्प्ल, १२ मेगापिक्सेल क्यामेरा
मूल्य : रु. १६,४९९।–
सामसुङ ग्यालेक्सी जे–६
अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ८.० ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्याम, ३२ जिबी स्टोरेज
मूल्य : रु. २४,९९०।–
हुवावे नोभा–३ आई
६.३ इन्च डिस्प्ले, एन्ड्रोइड ओरियो ८.१ ओएस, १६ एमपी क्यामेरा, ४ जिबी र्याम, १२८ जिबी इन्टरनल मेमोरी
मूल्य : रु. ३८,९९९।–
मोटो ई–४ प्लस
क्वाडकोर मिडियाटेक प्रोसेसर, एन्ड्रोइड नुगट ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्याम, ३२ जिबी इन्टरनल मेमोरी
मूल्य : रु. १७,४९९।–
भिभो वाई–८१
अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ८.० ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्याम, ३२ जिबी स्टोरेज
मूल्य : रु. २२,०९०।–
नोकिया ६.१ प्लस
अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ओएस, १६ एमपी क्यामेरा, ६४ जीबी स्टोरेज, ४ जीबी र्याम
मूल्य : रु. ३७,६३५।–
ओप्पो ए–३ एस
अक्टाकोर स्न्यापड्रागन प्रोसेसर, एन्ड्रोइड ४.२ जेलीबिन ओएस, १३ एमपी क्यामेरा, २ जीबी र्याम, १६ जीबी स्टोरेज
मूल्य : रु. १९,५००।–
स्रोत : सामसुङ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्स, सप नम्बर ४१ तथा ४५, न्युरोड