साप्ताहिक संवाददाता
दसैंमा ठूला मलमा मात्र खरिददारी नगरौं, फुटपाथमा पनि खरिद गरौं जसले गर्दा उनीहरूलाई पनि दसैं आओस् । तपाईंका कारण अरूको पनि दसैं रमाइलो हुन सक्छ ।
सन्तोष घिमिरे
हिँडियो गामतिर पिङ हाल्न, बाटो फाँड्न, कमेरो र रातो माटो खन्न— दसैं आउन आँट्यो ।
राम यू गिरी
सरकारले बिदा काट्दा–काट्दा बडादसैंलाई छोटा दसैं पार्दिसक्यो बरै...हुँदा–हुँदै यसपाला त ठ्याक्कै दुई दिनमात्र बिदा पाइने भो नवमी र टीकाको ।
उपन्द्र ढकाल
पेट्रोलको भाउ बढेको कुरो मावलीले थाहा पाए कि पाएनन् कुन्नि ? दसैं नजिकै आइसक्यो, थाहा नपा’का भए त घाटो पो हुन्च हौ ।
भेषराज पाण्डे
अब दसैंपछि भनेर बहाना बनाउने दिन आए ।
गौरव पोखरेल
अब हुँदा–हुँदा जुवामा च्याँखे थाप्नेहरूलाई पनि कारबाही गर्ने रे, यसपालिको दसैं बाघचालै खेलेर मनाउने त होला नि ।
बिपना रेग्मी
बिचरा बेरोजगारहरूले आश गर्ने भनेको बिनापरिश्रम पाइने दसैंको दक्षिणा त हो ।
पूर्वेली कान्छो भाइ
दसैं आयो, खाउँला पिउँला, यसपालिको दसैंमा स्याउ फोन किनौंला...पैसा सैसा केही छैन, सपना हजार । सबै कुरा पुर्याइदिने सपनीको बजार । (साभार)
भूमि फूयाल
मायाको डोरीले पिङ थापिन्छ अनि त्यही पिङ खेल्दै दसैं मनाइन्छ ।
मिस्टर पर्फेक्ट
होइन, घरकालाई नि के भा’को ? दसैं नजिक आइसक्यो, अब त बिहे गर्नुपर्यो, बुहारी चाहियो छोरा भन्ने कुरै निकाल्दैनन् त ।
करण घिमिरे
फूलपातीदेखि मात्र दसैंको शुभकामना आदान–प्रदान गर्न अनुरोध गरिन्छ । कसैलाई दसैं लागिसक्यो होला, तर हामीलाई लागेको छैन ।
डा. नीरज
पिर पनि एउटा छ र मलाई ? दसैं नजिक आइसक्यो । टीका लगाएर के आशीर्वाद दिने उनीलाई, अहिलेसम्म सोच्न सक्या छैन ।
हिटलरको नाति
मलाई डोली चढाएर लाने को होला ? मेरो हातले पकाएको खाने को होला ? कोसेली बोकी मलाई अघि लगाई यो दसैंमा मेरो घर (ससुराली) जाने को होला ?
शोभा शाही ठकुरी
संस्कृति छोड्नु हुँदैन, परम्परा मोड्नु हुँदैन, विश्वास तोड्नु हुँदैन । त्यस्तै हेर केटाकेटी हो, यो दसैंमा दारु–पानी खाए नाच्न पनि छोड्नु हुँदैन ।
अप्सरा भट्टराई
सबैले दसैंको शुभकामना मात्र पठाउँछन्, कसैले त दसैं खर्च नि पठाए हुने नि †
उमेश थापा
यसपालि दसैंमा घर नजानेहरू कता भेला भएर तास खेल्ने हो मलाई पनि निम्तो गरुम् है ।
एलिजा नेपाल
अब दसैं–तिहार आउन लाग्यो, मलाई चैं एउटै कुराको चिन्ता परिरा’छ— शुभकामनावाला म्यासेज पठाएर हैरान पार्ने भए ।
ज्योति कार्की
देश डुब्न लाग्यो भनेर नेताज्यू चीन भाग्नुभो, मचाहिं भारततिर भागौं कि चीनतिर दोधारमा छु । कहिलेसम्म डुबिसक्छ जानकारी पाउँm, कमसे कम दसैं मनाउन त दिनुस् है ।
पार्वती धरेल