साप्ताहिक संवाददाता
धर्म निरपेक्षता, गणतन्त्र यही गर्न त ल्याएको हो नि । ८० प्रतिशत हिन्दू भएको देशमा जनैपूर्णिमा र घटस्थापनाको दिन पनि बिदा छैन, आखिर कसका लागि हो यो ?
पुष्पकमल भण्डारी
८० प्रतिशत हिन्दू बस्ने हुनाले नेपालमा दसैंको विशेष महत्व छ । यतिबेला एकचोटि घर पुग्ने अभिलाषा सबैमा हुन्छ । अन्य बिदाले यसको पूर्ति गर्दैन ।
सुधीर दवाडी
दसैं हिन्दूको मात्र चाड नभएर सम्पूर्ण नेपालीको महान् चाड भैसकेको अवस्थामा बिदा छोट्याउनु भनेको हामीले आफ्नो मौलिकता गुमाउनु हो ।
शिव राई
८५ प्रतिशत बेरोजगार भएको देशमा केको छुट्टी, केको बिदा ? नेपालमा त पूरै साल बिदा हो नि, न लामो न छोटो ।
कुमार महतरा
हामी देशबाहिर बस्नेलाई के को बिदा ? बिदा नदिए नि हुन्छ । नेपालमा बेरोजगारी धेरै छ त्यसैले बिदा नदिएकै राम्रो । उनीहरूका लागि सधैं बिदा ।
चित्र रानामगर
बिदा छोट्याएर भत्ता चैं बढाउने सरकारको निर्णय कस्तो लाग्नु नि ? पिंडालुजस्तो ।
मेखराज
हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तै हो । बरु टेबुलमुनिबाट आम्दानी गर्न पल्किएका सरकारी कर्मचारीहरू खुसी हुने भए, हात खाली नहुने भो भनेर ।
कुमार गौतम
जम्मा एक दिन बिदा दिए हुन्छ । बेरोजगार नेपालीलाई के दसैं, के तिहार ? सदाबहार उस्तै ।
लामा एस.एस.
एक दिन मात्र भए नि पुगिहाल्छ नि ।
सजीवकुमार लामिछाने
१ सय ५ प्रतिशत सही गर्यो सरकारले । अझ भन्ने हो भने १ दिन मात्र बिदा दिनुपर्ने हो ।
प्रेम तामाङ
एकदम ठीक हो ।
हर्क गुरुङ
एकदम नराम्रो ।
परी मगर
अति उत्तम कदम ।
सन्दीप बादशाह
कामचलाउजस्तै लाग्यो यो निर्णय ।
अविरल
ठीकै हो ।
मन्जिना
बिदा घटाउनुभन्दा दसंै–तिहार नै हटाए आनन्द हुन्छ ।
किशोर थापामगर
धेरै जनता बेरोजगार भएको देशमा सरकारले दसैंंको बिदा बढाउनुको कुनै अर्थ छैन ।
प्रजित भाई
राम्रो लाग्यो, किनभने मेरो विद्यार्थी जीवन सिद्धिसकेको छ अनि म कर्मचारी पनि होइन ।
राजेश विक
दसैं पनि छोट्याएर तीन दिन भए झन् काइदा हुन्थ्यो ।
संगीता काफ्ले