साप्ताहिक संवाददाता
राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जित्न सफल भएकी छिन् । उपाधि विजेता भएसँगै स्वस्तिकाले नगद २५ हजार, थाईल्याण्ड भ्रमण सहितका उपहार प्राप्त गरेकी छिन् । प्रतियोगितामा उनले फोटो जेनिक र वेष्ट वाक विधाको अवार्ड पनि हात पार्न सफल भएकी थिइन् ।
आर एन्ड आर गु्रपको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा सरु श्रेष्ठ बेस्ट पर्सनालिटीको अवार्ड सहित फस्ट रनर अप तथा पपुलर विधाको अवार्ड सहित रिहाना बैद्य सेकेन्ड रनरअप घोषित भएकी थिइन् ।
प्रतियोगिताको अन्य विधातर्फ बेष्ट स्किन मनिका पौडेल, बेष्ट हेयर जेसिका बिष्ट, बेष्ट बडी अदिति कार्की, स्टालिस्टस्मृति शाही, भिअर्स च्वाइस सञ्जना खत्री चयन भएका थिए । प्रतियोगिताका सहभागिहरु आइआइएफटीका विद्यार्थी डिजाइनरुले तयार पारेका पहिरनमा प्रतिस्पर्धाको मंचमा देखिएका थिए ।