केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिउड नाइट–२०१८ अमेरिकामा जन्मिएका दोस्रो पुस्ताका बालिकाहरू तथा महा–आमाहरूको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको छ । उक्त अवसरमा अभिनेता सरोज खनाल, कलाकार किरण प्रताप केसी तथा कलाकार रिमा केसीद्वारा प्रस्तुत गरिएको नाटकले निकै प्रशंसा पाएको थियो । भाषण, सम्मान तथा खादा नओढाउने पूर्वघोषणाअनुसार कार्यक्रम सञ्चालनन गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दसैँ–तिहारको सामूहिक प्रस्तुतिका साथै अमेरिकामा जन्मिएका दोस्रो पुस्ताका बालिकाहरूले नेपाली गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।
कलिउड नाइट–२०१८ मा महा–आमा (सुपर मम) को प्रस्तुति पनि बेजोड रह्यो । उक्त अवसरमा नायिका सारंगा श्रेष्ठ तथा नायक सरोज खनालले एकसाथ आफ्ना पुराना गीतमा नृत्य प्रस्तुति गरेका थिए । यसैगरी नृत्य निर्देशक नवीन केसी र सारंगा श्रेष्ठ, लुना श्रेष्ठ र नवीन श्रेष्ठको प्रस्तुति पनि प्रशंसनीय रह्यो ।
कलाकार सुनिक्षा मैनाली, कलाकार राहुल केसी तेजेन्द्र, अर्जुन दाहाल, गायिका सरिश्मा अमात्य, सञ्जीव प्रधान, हास्यकलाकार पुष्कर पन्त तथा लोकगायक रामप्रसाद खनालले समेत कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।