बुटवलका जुनियर मोडलहरूले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हात पारेका छन् । संयुक्त अरब इरिमेट्स (दुबई) मा जुनियर मोडल इन्टरनेसनल–२०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराजले जुनियर मोडलको उपाधिसहित अन्य चार जनाले विभिन्न विद्यामा सफलता प्राप्त गरेका हुन् ।
प्रतियोगितामा सहभागी ३० देशका ३५ जना प्रतिस्पर्धालाई उछिल्दै सर्वोत्कृष्ट भएर बुटवलका विधान गहतराजले जुनियर मोडलको उपाधि चुमेका थिए । यसैगरी अंकुश श्रेष्ठ प्रतियोगितामा फस्ट रनर्सअफ, रुचि केसी कन्जुन्यालिटि, नुतन राना बेष्ट पर्सनालिटी, याना राना मिस जुनियर ब्युटिफुल विद्यामा पुरस्कृत भए । प्रतियोगितामा भारत, दुबई, मंगोल, युक्रेन, साउथ अफ्रिका, हङकङ, बंगलादेश, श्रीलंका आदि ३० देशका सहभागी बालबालिकाले प्रतियोगिताको विभिन्न राउण्डमा प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको ट्यालेन्ट राउण्ड तथा कल्चर शोमा नेपाली बालबालिकाहरू उत्कृष्ट प्रस्तुति दिन सफल भएका थिए । गहतराजले ट्यालेन्ट राउण्डमा नेपाली गित गाएका थिए भने बालबालिकाको टिमले नेपाली पोशाकमा सजिएर नेपाल र बुद्धको जन्मका सम्बन्धमा प्रस्तुति दिएका थिए ।