साप्ताहिक संवाददाता
कार्तिक ७, २०७५
कोटेश्वरमा रहेको अल्टिमेट इन्डोर्स क्रिकेट एकेडेमीमा प्रशिक्षणमा रहेको नेपाली क्रिकेटरहरुको एक समुह प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । बुधवार १२ जना खेलाडी, एक जना प्रशिक्षक तथा एक अविभावकसहितको समुह भारततर्फ प्रस्थान गरेको हो ।
प्रशिक्षक कृष्ण सिंह नेगीका अनुसार विभिन्न उमेर समुहका खेलाडीहरुले भारतको काशीपुरस्थित हाइल्याण्डर एकेडेमीमा पाँच दिन, देहरादूनको अभिमन्यू एकेडेमीमा तीन दिन तथा नयाँ दिल्लीको सहवाग एकेडेमीमा दुई दिन प्रशिक्षण लिने छन् । भारत प्रस्थान गरेको खेलाडीहरुको समुहमा धीरज कार्की, निरज कर्ण, नवराज थापा, सञ्जय बोहोरा, सचिन सिंह, इशक सुनुवार, आयुष गिरी, सानिध्य आचार्य, सुझाव पाण्डे, नवोदित मण्डल, हार्दिक अग्रवाल तथा सार्थक रायमाझी रहेका छन् ।