कार्तिक ८, २०७५
विराटनगरका २९ वर्षीय प्रवित राजवंशी मिस्टर मोरङ घोषित भएका छन् । मोरङ बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनद्वारा आयोजित उक्त प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रवितले मिस्टर मोरङको उपाधि हात पारेका हुन् ।
राजवंशी ६० केजी तौल समूहबाट विजयी भै फाइनलमा प्रवेश गरेका थिए । उक्त प्रतियोगितामा विराटनगरका रविनकुमार तामाङ फस्ट रनर्सअप तथा पथरीका सञ्जीव मगर सेकेन्ड रनर्सअप भए । युवाहरूलाई लागू औषधको कुलतबाट जोगाउन तथा बडि बिल्डिङप्रति आकर्षित गर्न यो प्रतियोगिता आयोजित गरिएको एसोसिएसन अध्यक्ष अमलेश कर्णले बताए ।