साप्ताहिक संवाददाता
कार्तिक ८, २०७५
‘सुवास द एक्रो पाइलट’ शीर्षकको डकुमेन्ट्री पोखरामा प्रदर्शन भएको छ । अर्जुन बरालद्वारा निर्देशित उक्त डकुमेन्ट्री ‘एक्रो पाइलट’ सुवास थापाको प्याराग्लाइडिङ यात्रामा केन्द्रित छ ।
२० वर्षको उमेरदेखि प्याराग्लाइडिङ गर्न थालेका एक्रो पाइलट थापाको हालसम्मको यात्रा उक्त डकुमेन्ट्रीमा हेर्न सकिन्छ ।
सुवासले बाल्यकालदेखि नै सराङकोटदेखि सेदीसम्म प्याराग्लाइडिङ उडेको देख्दै आएका थिए । त्यतिबेला थापालाई त्यो चंगा होला जस्तो लाग्थ्यो, तर अलिक बुझ्ने भएपछि बल्ल त्यसमा मान्छे हुन्छन् र मानिसहरू पनि त्यसरी उड्न सक्छन् भन्ने कुरा थाहा पाए । त्यही बेला उनले कुनै दिन म पनि यसैगरि आकाशमा उड्छु भनेर मनमनै कल्पिन्थे । यो डकुमेन्ट्री लक्जमबर्गको डियू फिल्म फेस्टिभलमा छनौट भएको र केही समयपछि यहाँ प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।