साप्ताहिक संवाददाता
कार्तिक ८, २०७५
क्यापिटल क्विन नेपाल–२०१८ को शीर्ष उपाधि जित्न सफल भएकी छिन्— ऋषिका थापा ।
उक्त अवसरमा ऋषिकाले मस्ट इन्टेलिजेन्ट विधाको एवार्डसमेत हात पारिन् । चौथो संस्करणको क्यापिटल क्विन नेपालमा मस्ट कन्फिडेन्ट एवार्डसहित अनिशा श्रेष्ठ फस्ट रनर्सअप तथा मस्ट स्मार्ट एवार्डसहित दिबिना शाही सेकेन्ड रनर्सअप घोषित भएका थिए । प्रतियोगितामा गंगा कँडेलले पब्लिक च्वाइस विधासहित पर्सनालिटी विधाको एवार्ड पनि जितेकी थिइन् । यो प्रतियोगिता अमेजन इन्टरटेनमेन्टको ब्यानरमा सम्पन्न गरिएको थियो ।