साप्ताहिक संवाददाता
कार्तिक ९, २०७५
सिक्किमको महोत्सवमा नेपथ्य ब्याण्डले आफ्ना पुराना प्रशंसकसँग भेट गर्ने भएको छ । सिक्किमको राबाङमा आगामी मंगलबार ब्याण्डले नेपाली लोकरकमा त्यहाँका आफ्ना प्रशंसकसँग पुन: भेट गर्ने भएको हो । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११) देखि हुन लागेको ‘राबाङ टुरिज्म फेस्टिभल’मा नेपथ्य गुञ्जने छ ।
पहाडमाथिको सुन्दर ताल छेवैमा आयोजित तीन दिने महोत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गर्ने भएका छन् । महोत्सवको समापन भने ३० तारिख (कात्तिक १३) का दिन नेपथ्यको प्रस्तुतीबाटै गर्ने कार्यक्रम आयोजको भनाई छ ।
मंगलबार बेलुकी नेपथ्य कन्सर्ट राबाङको छो जो लेकमा आयोजना हुनेछ ।