साप्ताहिक संवाददाता
मनमा पाप नभएका एउटा फरक व्यक्तित्वका साथै सिधै खुला रूपमा आफ्नो मनको कुरा व्यक्त गर्ने गायक योगेश्वर अमात्य मात्र हुन् । (चियर्स) सबै मानिसले अमात्यलाई पछ्याउनुपर्छ ।
भीम थापा
चाड पर्वमा विशेष आलेख छाप्ने नाममा साप्ताहिकले मदिरालाई नै किन प्राथमिकता दिएको हो, कुरा बुझ्न सकिएन । (चियर्स) ।
विधान कोइराला
यसको बेफाइदा पनि छ । यदि फ्रि वाइवाई छ भने मात्र यसको प्रयोग गर्नु उपयुक्त हुन्छ अन्यथा यसले पर्याप्त डाटा खपत गर्छ । (चुलिँदैछ भीपीएनको चर्चा) ।
मनोजकुमार चुङ्वाङ
हास्न मन पराउनेले नै अरुलाई हसाउँन सक्छ । सन्दीप क्षेत्रीको अन्तर्वार्ता रमाइलो लाग्यो । साप्ताहिकमा यस्तै पात्रहरूका बारेमा पढ्न पाइयोस् । (हसाउँन भन्दा हाँस्न मन पराउँछु) ।
मानुषी पौडेल
यातायात व्यवसायीहरूका लागि त दसैं–तिहार जस्ता चाड अरू २–४ वटा भैदिए मोजै हुन्थ्यो होला । (ब्यंग्य : लखरठ्याकको दसैं)
बाबु श्री
उत्कृष्ट सदावहार गीतको छनौट ठिकै लाग्यो । छनौटकर्ता सुरेश अधिकारी पनि पछिल्लो पुस्ताका राम्रा संगीतकार हुन् । (अल टाइम फेवरेट्स)
दिनेश राई
दसैंका बेला गाउँघरलाई सम्झिने अभिनेता खगेन्द्र लामिछानेलाई धन्यवाद । वास्तवमा बाल्यकालमा आफ्नो गाउँघरमा बिताएको दसैं जीवनभरकै लागि स्मरणीय हुन्छ । (स्याङ्जाको दसैं नै रमाइलो)
मञ्जु दाहाल
बलि दिइने परम्परा भएका मन्दिरहरूका बारेमा जानकारी पाउँदा रमाइलो लाग्यो । (जहाँ बलि दिइन्छ) । यो लेखमा काठमाडौंको मुटुमै रहेको भद्रकालीको मन्दिरमा दिइने बलिका सम्बन्धमा भने किन उल्लेख गरिएन ?
पुष्प सिग्देल
दसैं हिन्दूहरूको मात्र नभएर मानव जातिकै लागि महत्वपूर्ण चाड हो । यसले असत्य माथि सत्यको विजय निश्चित छ भन्ने सन्देश दिन्छ । साप्ताहिकको दसैं अंक अर्थपूर्ण लाग्यो ।
युवराज गिरी
सारा नेपालीले जस्तोसुकै अवस्थामा पनि दसैं मनाएको देख्छु । दसैं भनेको दसैं नै हो । कसैले विरोध गर्दैमा यसको महत्व र व्यापकता प्रभावित हुन सक्दैन ।
मदन गुरुङ
जे पायो त्यही, आफ्नो मात्र सोचेर हुन्छ ? विचरा बच्चाहरू दसैंको छुट्टीमा कति रमाउँछन्, त्यसको अनुभव गर्नु नि । काम छैन, बेकारमा अर्काको छुट्टी खान पछि लाग्या छ । काम नगर्नेले काम पाएको छैन, काम गर्नेले जताबाट पनि पाएको छ । (सरकारले दसैं बिदा छोट्याएको तपाईंलाई कस्तो लाग्यो ?)
बलु अधिकारी
दसैंमा नेपालीहरू मासु खान्छन्, तर आफ्नै तरिकाले । यो दसैंमा साप्ताहिकले दिएको जानकारी अनुसार खसीको मासुको पाकिस्तानी र अफगानी परिकार कसले पो खायो होला र ? यस्तो बेला त सजिलो परिकार बनाउन सिकाएको भए पो उपयोगी हुन्थ्यो कि ? (दसैं परिकार)
शक्ति लुइँटेल
दसैं मनाउन हिन्दु नै हुनुपर्दैन, किनभने हामी सबै धर्मका धार्मिक पर्वहरूको सम्मान गर्छौं । हामी दसैं, तिहार, लोसार, बुद्ध पूर्णिमा, क्रिसमस, इद आदि सबै चाडपर्वमा एकअर्काप्रति अनुग्रहित भएकै हुन्छौं । यही नै नेपाली संस्कृति हो ।
याम गौतम
बिदा कटाउनु देश विकासका लागि राम्रो हो, तर निजी तथा सरकारी कार्यालयले पनि आफ्ना कर्मचारीलाई असर नपर्ने गरी मासिक तथा वार्षिक बिदा दिनुपर्छ । यति गरे कामबाट फ्रेस पनि भइन्छ । (सरकारले दसैं बिदा छोट्याएको तपाईंलाई कस्तो लाग्यो ?)
सारिका आले
५२ दिन शनिबार नै पर्छ । अरू बिदा लगभग यत्ति नै । त्यसैले अब यदि विकास गर्नु छ भने शनिबारलाई छाडेर जम्माजम्मी १५/२० दिन बिदा दिए पुग्छ । (सरकारले दसैं बिदा छोट्याएको तपाईंलाई कस्तो लाग्यो ?)
जगेन्द्र खाम
काठमाडौंमा घर हुनेहरूलाई दसैंमा नमज्जा लाग्दो रहेछ । सुनसान हुने काठमाडौं । कहिलेकाहीं म कल्पना गर्थें, यदि मेरो गाउँमा घर हुँदो हो त म पनि गाउँ जान्थें होला, मानिसलाई सुख चाहिं कहिल्यै नहुने । (आफ्नै गाउँ फर्की आएँ)
नीलिमा ठकुरी
गाउँमात्र नफर्की आफ्नो गाउँको विकास पनि गर्नुहोस्, अनि काठमाडौंजस्तै सहर बनाउनुहोस् । (आफ्नै गाउँ फर्की आएँ)
सिविन जोशी