साप्ताहिक संवाददाता
सैफ अली खान निकै धनी बिजनेस म्यान हुन्, जो पैसाबाहेक अरू कुनै कुराको मतलब राख्दैनन् । त्यसैले उनी निकै घमन्डीसमेत हुन्छन् । चलचित्रको कथा सैफको वरिपरि घुमे पनि चित्राङ्गदा र राधिकाले पनि यो चलचित्रमा अहम् भूमिका निर्वाह गरेका छन् ।
क्राइम ड्रामामा आधारित चलचित्र बजारको कथा निखिल आडवाणीले लेखेका हुन् । पैसा, पावर र बिजनेसको वरिपरि रहेर निर्माण गरिएको यो चलचित्रलाई सैफले आफ्नो करिअरकै एउटा राम्रो प्रोजेक्ट बताएका छन् ।
पछिल्लो समय भारतीय चलचित्रमा हुने लगानीको तुलनामा यो चलचित्रका पात्रमा भने निकै कम खर्च गरिएको छ । यो चलचित्रलाई स्वप्निल सोनवानेले खिचेका हुन् भने यसको अधिकांश भाग भारतमै खिचिएको छ । आज शुक्रबार विश्वभर प्रदर्शनमा आउने चलचित्र बजार २ घण्टा ३७ मिनेट लामो छ ।
निर्देशक : गौरव के चावला
कलाकार : सैफ अली खान, राधिका आप्टे, चित्राङ्गदा सिंह, देन्जिल स्मिथ, रोहन मेहरा आदि ।