साप्ताहिक संवाददाता
मुस्कानले मान्छे ढल्ने भए सम्भवत: आज म जेलमा हुन्थें ।
सुस्मिता घिमिरे
न सलाई छ, न त लाइटर नै, तैपनि यो मन भित्रभित्रै जलिरहेको छ ।
सिर्जना बराल
सम्बन्ध भावनाले सिलाइदिए पो टिक्छ, स्वार्थले सिलाइदिएपछि त बजार भाउमा बिक्छ ।
सविता धिमाल
घरी–घरी त अंग्रेजीमा खत्रै गाली गर्दिम् झैं लाउच, नजानेर मात्रै हो ।
सन्ध्या
असल मानिसले फेसबुक चलाए बिस्तारै छाडा हुन्छ । कुर्ता लगाउने केटीले इन्स्टाग्राम चलाए बिकिनीमा फोटो हाल्ने हुन्छे । कलाको नाममा ‘क’ नजान्ने टिकटकमा गए कलाकार हुन्छ । राजनीति र साहित्यमा चासो नराख्ने ट्विटरमा छिरे राजनीतिज्ञ वा साहित्यकार हुन्छ ।
रवीन्द्र मल्ल ठकुरी
आँखा सानो हुँदैमा सपना सानो देखिने होइन, सपना देख्ने शक्ति आँखाको क्षेत्रफलले तोक्ने होइन ।
प्रकाश सायमी
कति जनासम्म क्रस बनाउँदा पाप नलाग्ने कुरा शास्त्रमा लेख्या छ ? म्याक्सिमम लिमिट भन्दिन परो ।
समी खतिवडा
हैन, लभ गर्दा पासपोर्ट धितो राख्नुपर्छ कि नाइँ ?
दिव्या
दुर्जनको विद्या विवाद गर्न, धन अभिमान गर्न र शक्ति अर्कालाई पीडा दिनका लागि खर्च हुन्छ भने सज्जनको विद्या ज्ञानका लागि, धन दान दिन र शक्ति रक्षा गर्नका निम्ति हुन्छ ।
गुरुङ्नी दिदी
म भित्र पनि अनेकौं कमी–कमजोरी होलान्, तर एउटा खुबी भने पक्कै छ । म कसैसँग स्वार्थको सम्बन्ध राख्दिन ।
निहारिका
जिन्दगी सुन्दर छ, तिमी केवल आभास गर । अँध्यारोपछि उज्यालो आउँछ, आश गर ।
शान्ति जोशी
स–साना कुरा दिलमा राख्दा ठूला–ठूला सम्बन्धहरू कमजोर हुन्छन् ।
प्रनिता
दुस्मनले तिम्रा सही काम भाँड्ने प्रयास गर्छ । महादुस्मनले तिमीलाई गलत काम गर्न उक्साइरहन्छ । महादुस्मनबाट जोगिन गाह्रो छ ।
बालाराज
जिन्दगीले जसलाई खुसी दिएको छैन, उसलाई जिन्दगीले धेरै नै जिम्मेवारी दिएको हुनुपर्छ ।
निर्जला निरौला
जसले मेरा शब्दहरू पढ्न सकेन, उसले मेरो मौनता कसरी पढोस् ? आँखाको अगाडि बगेको आँसु त देखेन, छातीभित्र पुरिएको मन कसरी बुझोस् ?
प्रतिक्षा श्रेष्ठ
साँच्ची, गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड नहुने युवा–युवतीरूलाई सरकारले एकल भत्ताको व्यवस्था गरको भए गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड हुनेहरू पनि गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड छाडेर भत्ता माग्न जान्थे होला है ?
तिते करेली
जिन्दगीका पिडाहरू पनि हाम्रो देशका नेताहरूको सम्पत्तिजस्तै भए । भित्र अर्बौं छन् तर देखाउन सकिँदैन ।
निहारिका
आफू फलानोजस्तो हुन्छु भनेर नसोच्नुहोस् । आफू अरूभन्दा केही फरक बन्छु भनेर सोच्नु होस् ।
वसन्त पाण्डे
मेरो लप किन परेन, खुरुक्क अनुसन्धान गर त सरकार ।
माधवी
कालो हुँदैमा नराम्रो हुने भए केटीहरू गाजल किन लाउँथे र ?
दीपक सापकोटा
थाहा छैन भने सोध, मेरा आँखाहरूलाई जहाँ हरेक चोटि झिम्कँदा तिम्रै तस्बिरहरू खिचिन्छन् ।
बन्दना खनाल
आइ लभ यू भनेर भ्वाइस मेसेज गरेको रै’छ मोराले । म त दसैंको शुभकामना होला भनेर सेम टु यू लेखेर पठाइदिएँ । उता ऊ चैं पुख्र्यौली सम्पत्ति बेचेर साथीहरूलाई पार्टी दिँदैछ रे ।
शुभम
हाम्रो घरको टिभी क्या बलियो र’छ । कति ठूलो–ठूलो फाइट पर्दा पनि कहिले फुट्दैन ।
सिर्जना बराल
सम्बन्ध के थियो, त्यो त थाहा छैन तर अन्तिम पटक भनिएको थियो— तिमी तिम्रो बाटो, म मेरो बाटो ।
सुजाता तिवारी