साप्ताहिक संवाददाता
हलिउड चलचित्र हलोविन हरर, थ्रिलर तथा सस्पेन्समा आधारित छ, जुन हिजो शुक्रबारदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रमा चर्चित कलाकारहरूले नै अभिनय गरेका छन् भने केही कलाकारलाई सस्पेन्ससमेत राखिएको छ ।
१ घण्टा ४६ मिनेट लामो हलोविनलाई माइकल सिमोन्ड्सले खिचेका हुन । लामो समयको द्वन्द्व अनि त्यसले परिवारमा पार्ने प्रभाव तथा ल्याउने उतारचढावलाई चलचित्रमा रोचक ढंगले चित्रण गरिएको छ ।
यो चलचित्रमा एउटै परिवारका तीन पुस्तालाई एउटा हत्याको आरोपमा तर्साउने क्रम चलिरहन्छ । चलचित्रमा उनीहरूलाई तर्साउने दृश्यलाई डरलाग्दो शैलीमा खिचिएको छ । हरर कमेडी विधाको यो चलचित्रको क्लाइमेक्स रोमाञ्चक छ । वास्तविक हत्यारा पत्ता लगाउन गरिएको संघर्ष चलचित्रको अर्को रोचक पक्ष हो ।
निर्देशक : डेभिड गोरडन ग्रिन
कलाकार : जमी लि कर्टिस, जुडी ग्रिर, भर्जिनिया गार्डेनर, निक कास्टल आदि ।