साप्ताहिक संवाददाता
मैले गुगलमा धेरै खोज्ने कुरा भनेको आफ्नै नाम अञ्जु पन्त हो ।
अञ्जु पन्त, गायिका
रमाइला ज्ञानवद्र्धक लेख, मनोरञ्जक भिडियो अनि अमेरिकन गट ट्यालेन्ट धेरै खोज्छु ।
दिनेश काफ्ले, हास्यकलाकार
म गुगलमा धेरैजसो क्रिक इन्फो तथा युट्युब हेरिरहेको हुन्छु ।
प्रमोद खरेल, गायक
मैले गुगलमा धेरैजसो माइकल ज्याक्सनलाई खोजिरहेको हुन्छु ।
धीरज राई, गायक
फरक–फरक जनावरको क्रियाकलाप तथा उनीहरूको आनीबानी खोजिरहेको हुन्छु ।
प्रमोद अग्रहरी, अभिनेता
म केही नयाँ कुरा खोज्नुपर्यो भने गुगल नै प्रयोग गर्छु । अहिले धेरैजसो साहित्यसम्बन्धी सामग्री खोजिरहेकी छु ।
शोबिता सिंखडा, मोडल
आफू कन्फ्युजनमा परेका कुरा नै बढी खोज्छु ।
सुनिता दुलाल, गायिका
आफ्नो कुनै नयाँ भिडियो आयो कि भनेर खोजिरहेकी हुन्छु ।
अञ्जली अधिकारी, मोडल
दर्शन, आर्थिक तथा सामाजिक विषयका लेखहरू खोजिरहेकी हुन्छु ।
ऋचा शर्मा, अभिनेत्री
म विश्वका अनौठा कुरा खोज्छु । त्यसका साथै संगीत र विभिन्न देशको संस्कृति पनि पटक–पटक खोजिरहेको हुन्छु ।
श्रीदेव भट्टराई, अभिनेता
धेरैजसो पुराना गीत खोजिरहेको हुन्छु ।
हेमन्त शर्मा, गायक
मलाई खेलमा फुटबल र क्रिकेट असाध्यै मन पर्छ । त्यसैले गुगलमा धेरैजसो फुटबल र क्रिकेटको खेल तालिका खोजिरहेको हुन्छु ।
बद्री पंगेनी, गायक
नेपाली भाषाका फोटो क्याप्सन खोजिरहेको हुन्छु ।
पूजन घिमिरे, मोडल
म मेकअप अनि स्किनका बारेमा जानकारी लिन धेरैजसो गुगल नै सर्च गर्छु ।
पूजा शर्मा, अभिनेत्री
गुगलमा त के–के खोजिन्छ के–के ? यही खोज्ने भन्ने हुँदैन । आफूलाई कस्तो जानकारी चाहिन्छ वा के खोज्न मन लाग्छ त्यही कुरालाई खोजिरहेको हुन्छु ।
महेन्द्र गौतम, मोडल
विश्वप्रसिद्ध पुस्तकहरू, चर्चित व्यक्तिका जीवनी, ऐतिहासिक देशहरूका बारेमा बुझ्न गुगलको सहारा लिइरहेकी हुन्छु । कहिलेकाहीँ आफैंलाई पनि खोजिरहेकी हुन्छु ।
सरिता गिरी, रंगकर्मी
पछिल्लो समय आफ्नै गीत सालको पात टपरीलाई गुगलमा धेरैपटक खोजिरहेको छु ।
कुलेन्द्र विश्वकर्मा, गायक
स्वरलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरा खोजिरहेको हुन्छु ।
सुवास प्रधान, इभेन्ट म्यानेजर
फरक खालका गीतको भिडियो हेर्ने गरेको छु । यसका साथै पुराना गीत पनि हेर्छु–सुन्छु ।
शिव विक, नृत्य निर्देशक
धेरै कुरा खोज्ने फुर्सद त हुँदैन तर समय हुँदा धेरैजसो पुराना कुरा खोज्छु । अहिले दसैं–तिहारको मौसम छ । त्यसैले यो चाड कसरी सुरु भयो यसको ऐतिहासिक महत्व के हो, यो पर्व मनाउनुको कारण आदि खोजेर हेरिरहेकी छु । यसका साथै बेला–बेला गाह्रो लागेका अंग्रेजी शब्दको नेपाली ट्रान्सलेट अनि त्यसको अर्थ पनि खोज्छु ।
राधिका हमाल, गायिका
आफ्नै नाम खोज्दा के–के देखाउँछ भन्ने कौतूहलता लाग्छ अनि बेला–बेलामा खोजिरहेको हुन्छु ।
महेश काफ्ले, गायक
गुगलमा कुनै कुरा खोजिरहने भन्दा पनि आफूलाई कुन कुराको आवश्यकता छ त्यही खोजिरहेको हुन्छु । यसका साथै युट्युबमा आफ्ना अनि अरुका भिडियोहरू हेरिरहेको हुन्छु ।
कमल खत्री, गायक
इतिहाससम्बन्धी कुरा बढी खोज्छु । विशेष गरी राजाहरूको राज्यकालका बारेमा गुगल गर्दै समय बिताउँछु ।
आलोकश्री, संगीतकार
म प्राय: संगीतको इतिहासको खोजी गर्छु । त्यसबाहेक पजल वर्ड सल्भर पनि प्राय: खोजिरहेको हुन्छु ।
प्रल्हाद तिमिल्सिना, गायक
म आफू पनि फेसन कोरियोग्राफर भएकाले गुगलमा सबैभन्दा बढी खोज्ने भनेकै वल्र्ड वाइड फेसन समाचार हुन्छन् ।
विपना थापा, कोरियोग्राफर
समय, पर्वअनुसारका विचार तथा रमणीय स्थलका तस्बिरहरू खोज्छु । कहिलेकाहीं जानकारी नभएका कुरामा पनि गुगलसँग सहयोग माग्छु ।
हेमन्त गौतम, टेलिभिजनकर्मी
म प्राय: यात्राका क्रममा गुगल गर्छु । त्यस क्रममा होटल तथा रेस्टुराँहरू सर्च गर्छु ।
आमिर गौतम, अभिनेता
पछिल्लो समय नयाँ–नयाँ कुराको खोजी तथा अध्ययन गर्न थालेको हुँदा गुगलमा रमाइला तथा ज्ञानगुनका कुरा खोज्न थालेको छु । चलचित्र क्षेत्रमा प्रयोग भैरहेका नयाँ प्रविधि तथा रोचक कुरामा बढी ध्यान जाने गरेको छ । कहिलेकाहीं त आफूलाई सबैभन्दा मनपर्ने खेलाडी क्रिस्टियानो रोनाल्डोका बारेमा पढ्न मन लाग्छ ।
करण श्रेष्ठ, चलचित्रकर्मी
पुराना गीतहरू सर्च गरेर सुन्छु, जुन कुनै बेला विराटनगरको सिनेमा हलमा हेरिन्थ्यो ।
विकास चापागाईं, अभिनेता
डिजिटल मार्केटिङ तथा वर्तमान व्यापारिक गतिविधिहरू खोज्छु ।
मोनालिसा पराजुली, मोडल
संगीत क्षेत्रमा सक्रिय भएर होला बाहिरी देशका गीत–संगीत नै बढी खोज्छु । त्यसबाहेक रमाइला कुरा अनि चलचित्र पनि खोजी–खोजी हेर्छु ।
ध्रुव विस्को, गायक
सबैभन्दा बढी स्वास्थ्यसम्बन्धी समाधान खोज्छु । हामी स्वस्थ नभएसम्म बाँकी जीवनलाई सहज रूपमा अघि बढाउन गाह्रो हुन्छ । यसका साथै सफलता पाएका तथा असफलता भोगेका व्यक्तिहरूका बारेमा पनि अध्ययन गरिरहेको हुन्छु ।
गजित विष्ट, अभिनेता
मार्सल आटर््सका नयाँ–नयाँ स्टाइल खोजिरहन्छु । नयाँ–नयाँ स्टाइलको डान्स पनि खोज्छु । यसका साथै बाइक तथा कारहरूका बारेमा पनि सर्च गरिरहेको हुन्छु ।
जय किशन बस्नेत, अभिनेता
प्राय: कमेडी सिरियल खोज्छु ।
सिपी पुडासैनी, निर्देशक/अभिनेता
विभिन्न अप्ठ्यारा शब्दको अर्थ खोज्छु ।
दिवस उप्रेती, अभिनेता
फेसन तथा स्टायलसम्बन्धी कुरा खोजिरहेको हुन्छु ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस
आफूले नजानेका कुराको जानकारी प्राप्त गर्न गुगल गरिरहेकी हुन्छु ।
मिङ्स लामा, गायिका