साप्ताहिक संवाददाता
कार्तिक ११, २०७५
जर्मनीको कोलोन सहरमा आयोजित संसारकै सर्बाधिक ठूलो क्यामेरा एक्सपो–२०१८ फोटोकिनामा फुजीफिल्मले रोटेबल लेन्सबाट तयार गरिएको संसारकै पहिलो प्रोजेक्टर प्रदर्शन गरेको छ । यसलाई एक स्थानमा राखेर वा सेट गरेर अगाडि, पछाडि, तल वा माथिसम्म हेर्न र तस्बिर खिच्न सकिन्छ, अर्थात् यसलाई घुमाउनुपर्ने आवश्यकता हुँदैन ।
कम्पनीका अनुसार २९ दशमलव ५ इन्चको दुरीबाट यसले एक सय इन्चको तस्बिर देखाउन सक्छ । सन् २०१९ मा यसलाई बजारमा ल्याइने बताइए पनि कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन । उक्त एक्स्पोमा विश्वका १ सय ३० देशका १ लाख ९० हजार मानिस उपस्थित थिए भने ७० देशका पत्रकार पनि त्यहाँ देखिन्थे ।