साप्ताहिक संवाददाता
कोरियाको इन्चियन शहरमा संचालन हुने लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाउनका लागि विक्रम आदित्य महासेठ, अदिती अधिकारी, रुबिष्का श्रेष्ठ र आदर्श ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका छन् । अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म संचालन हुने उक्त फेसन कार्यक्रम तथा मोडल अवार्डमा सहभागि हुने नेपाली मोडलहरुको चयन, संयोजन र उनीहरुको सहभागिताको व्यवस्थापन सो कार्यक्रमका लागि नेपालको आधिकारिक संस्था नेक्स्ट मोडल्स नेपालले गरेको हो ।
सहभागिहरुको प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । उक्त कार्यक्रममा सहभागि हुन पुगेका नेपाली मोडलहरु मध्ये विक्रम आदित्य नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न मोडल हन्ट नेपाल २०१७ का विजेता हुन् भने अदिति अधिकारी मोडल हन्ट नेपाल २०१८ का महिलातर्फका विजेता हुन् ।
यसैगरी रुबिष्का श्रेष्ठ सोही प्रतियोगिताका फस्ट रनर अप र आदर्श ज्ञवाली थर्ड रनर अप विजेता हुन् ।