साप्ताहिक संवाददाता
कर्मचारी
तपाईं विद्यालयको शिक्षक, कुनै कार्यालयको कर्मचारी वा अन्य औपचारिक पदमा भएका व्यक्तिलाई सामान्य किसिमको हेयर स्टाइल उपयुक्त हुन्छ । विशेषगरी, औपचारिक पोसाक लगाउनुपर्नेहरूलाई अगाडि अलिकति लामो, पछाडि र साइडमा छोटो केश सुहाउँछ ।
विद्यार्थी
स्कुल पढ्नेहरूका लागि छोटो कपाल उपयुक्त हुन्छ । विद्यालयमा लामो बिदा छ भने फेसनेबल हेयर स्टाइल अपनाउन सकिन्छ ।
१५ देखि ३० वर्ष
रफ टफ मन पर्छ भने केशमा विभिन्न किसिमका बुट्टा बनाउन सकिन्छ । अनौपचारिक व्यक्तिले यस्तो हेयर स्टाइल रोज्न सक्छन् ।
टिनएजर
कोरियन, चाइनिज, मंक, आर्की कटिङ, राउन्ड कटिङ, रेजर लगाउनेजस्ता स्टाइल ।
केश काट्नुअघि
सेम्पुले धोए केश काट्न सजिलो हुन्छ ।
सैलुन वा पार्लरमा केश काट्दा सर–सामानहरू सफा छन्/छैनन् ध्यान पुर्याउनुपर्छ ।
केश काटिसकेपछि ब्लेड लगाउँदा छुरा राम्रोसँग सफा गरेर नयाँ ब्लेड प्रयोग गर्नुपर्छ ।
केश काटिसकेपछि टाउकोमा केशको टुक्रा नरहोस् भनेर पुन: स्याम्पु गर्नुपर्छ ।
स्याम्पु गरिसकेपछि हल्का तेल लगाएर मसाज गर्दा साइनिङ आउनुका साथै केश नरम
पनि हुन्छ ।