साप्ताहिक संवाददाता
अहिले चर्चामा रहेको नेपाली रियाली शो ‘द भ्वास अफ नेपाल’मा लाइभ अडिसन चलिरहेको छ । यो अडिसनमा सहभागी प्रतियोगीहरुले विभिन्न खाले गीत/संगीतहरु प्रस्तुत गरिरहेका छन् ।
यहि क्रममा आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले ‘निर्मला पन्त’को बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका गरे । उक्त गीतको प्रस्तुतीपछि निकै मार्मिक गीत अहिले सामाजिक सञ्जालमा छाएको छ ।
तेजेन्द्रले सारङ्गी रेटेर गाएको गीतमा निर्मलाको बलात्कारपछि भएको हत्या र त्यसपछिको अनुसन्धानका विषय समटेका छन् । ‘द भ्वाइस’मा निर्मला पन्तको घटनाको गीत सुनाउँदा कोच र दर्शक भावुक बनेका थिए ।
गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी भीमदत्तनगर–२ कि निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अझैसम्म निर्मलाको हत्याराको पहिचान हुन सकेको छैन ।
सामाजिक सञ्जालमा चर्चित बन्दै गएको उनको यो गीतले उनलाई अर्को राउन्डको प्रतियोगीताका लागि सेभ भने गर्न सकेन । दर्शकले दिने भोटको आधारमा उनले प्रतियोगीताको अर्को अडिसनमा प्रतिस्पर्धा गर्न पाउँने भएका छन् ।
तेजेन्द्रले गाएको उक्त गीतको भिडियो :