साप्ताहिक संवाददाता
कार्तिक १२, २०७५
भैरहवा– एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका २० जना सुन्दरीहरुले भैरहवा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित ट्यालेन्ट शोको क्रममा अधिकांश सहभागिले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरेका हुन् । नेपाली चलचित्रका गीतहरुमा नृत्य गर्नुका साथै केहीले चित्रकला, वक्तित्व कलासहितका प्रतिभा प्रस्तुत गरेका थिए । त्यसक्रममा उनीहरु फोटोसेसनमा पनि सहभागि भए । प्रतियोगिहरुमध्ये एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले आकर्षक नृत्य प्रस्तुत गरे ।
अनिशा न्यौपाने, बबिना अर्जेल, पुनम लिम्बु तथा आँचल खड्काले गायन कला प्रस्तुत गरे । त्यसैगरी दिक्षा चौधरी तथा कविता घलेले वक्तित्व कला प्रस्तुत गरे भने एन्जिमा शेर्पा तथा लक्ष्मी तामाङले गजल प्रस्तुत गरे । एक मात्र प्रतियोगि रीजा उदयले भने मेकअपमार्फत आफ्नो कला प्रस्तुत गरेकी थिइन् ।
बुटबल नगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोमा अभिनेताद्वय रोहित रुम्बा तथा गोपाल ढकाल छन्देसहित ब्रेट मोडल, वसन्त श्रेष्ठ, विष्णु ढकाल तथा विष्णु थापा निर्णायकको रुपमा रहेका थिए ।
यो प्रतियोगिताटच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीसंगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको ग्राण्ड फिनाले यही कात्तिक १७ गते शनिवार थापाथली, काठमाडौंस्थित मुड्स लाउञ्जमा सम्पन्न हुँदैछ । प्रतियोगिताका विजेताले आन्तरिक उडानतर्फको एयरलाइन्समा काम गर्ने मौका पाउनुका साथै अन्य विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । अभिनेता एसराज गराचले यो प्रतियोगितामा कोरियोग्राफी गरिरहेका छन् ।
प्रतिक्रिया
समाचार
सोभितको कमब्याक
वैशाख ८, २०७७
समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’
वैशाख ८, २०७७
समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर
वैशाख ८, २०७७