साप्ताहिक संवाददाता
आफ्नो इन्गेजमेन्ट र विवाह स्मरणीय होस् भन्ने चाहना विवाहका लागि तयार सबैजसो बरवधूमा हुन्छ । यस्तै तयारीमा थिए टेक्सासका जोसुवा मासोन तथा उनकी प्रेमिका क्याथे डेभिस । मासोनले कोलोराडोको पहाडमा प्रेमिका डेभिससमक्ष विवाहको सरप्राइज प्रस्ताव राख्ने योजना बनाएका थिए ।
यो विषयमा उनले आफ्नी प्रेमिकालाई कुनै जानकारी दिएका थिएनन् । उनले कोलोराडोको पहाड घुम्न जाने मात्र भनेका थिए । २७ वर्षीय मासोन तथा २८ वर्षीया डेभिस १३ हजार फिट अग्लो जास्पर पर्वतको वरिपरि पुग्दा अँध्यारो भयो र दुवैले बाटो बिराए । त्यही क्रममा ती प्रेमी–प्रेमिका हाई अल्टिच्युट तथा शरीरमा पानीको कमीका कारण बेहोस भए ।
उनीहरूलाई अन्य हाइकरले बेहोस अवस्थामा फेला पारेपछि प्रहरी लगाएर उद्धार गर्नुपरेको थियो । मासोनको योजना कुनै राम्रो स्थानमा पुगेर डेभिस समक्ष विवाहको प्रस्ताव राख्दै इन्गेजमेन्टको रिङ लगाइदिने थियो । यही क्रममा उनीहरू बाटो विराएर डायमण्ड तालको छेउ पुगेका थिए । विवाहको प्रस्ताव राख्ने आफ्नो उक्त योजना तुहिए पनि मानोस् अब अर्को कुनै आकर्षक योजना तयार पार्दैछन् ।