साप्ताहिक संवाददाता
साइकिलिङ
यसमा कम्मरका लागि कुनै खतरा छैन । यदि जगिङ गर्दा कम्मर दुख्छ भने साइकिलिङ गर्न सकिन्छ ।
बलिङ
सामान्य बलिङ ढाडका रोगीलाई न्यून खतरा भएको खेल हो । राम्रो तरिका अपनाउँदै कम्मरलाई सुरक्षित गरेर खेल्न सकिन्छ ।
पौडी
यो ढाडका लागि मद्यम खतरा भएको खेल हो । यसमा जीउका सबै मांसपेशीको व्यायाम हुने भएकाले स्फूर्ति प्राप्त हुन्छ । ढाडको समस्या नभएकाहरूका लागि यो खेल कम्मरको अति राम्रो व्यायाम हो ।
नृत्य
नृत्यमा कम्मरलाई मझौला खतरा हुन्छ । कस्तो खालको नृत्य हो, त्यसमा भर पर्छ । ढाडलाई ट्विस्ट गर्नुपर्ने, ब्रेकडान्स गर्दा कम्मरमा बढी असर पर्छ । यदि नाच्दा जोखिम छ भने शरीर बिस्तारै चलाउनुपर्छ ।
डुबुल्की मार्ने
यसमा पनि सामान्य खतरा हुन्छ । कम्मर लच्काउनु हुँदैन ।
गल्फ
सामान्यभन्दा कम जोखिम हुन्छ । बल हान्दा, जीउ बटार्दा कम्मरमा असर पर्छ जसलाई कम गर्न खेल्दा आफ्नो हिप पनि मोड्नुपर्छ ।
खेल खेल्नुअघि
उभिनुहोस्, खुट्टा फटाउनुहोस्, कुमको फरकपट्टि हलुका दायाँबायाँ ढल्किनुहोस् ।
भुइँमा बस्नुहोस्, खुट्टा पसारेर खुट्टाका औँला छुने प्रयास गर्नुहोस् ।
करिब १० पटकजति पुसअप गर्नुहोस् ।