कार्तिक १३, २०७५
बलिउडकी सुन्दर अभिनेत्री परिणिती चोपडा आफ्नो मोटो शरीर घटाएर निकै स्लिम भएकी थिइन् । उनले कसरी ज्यान घटाइन् भन्ने कौतूहलता धेरैमा थियो । परिणितीले हालै स्लिम एन्ड सेक्सी रूपमा एउटा फोटोसुट गराएकी छिन् ।
चोपडाले भर्खरै मात्र फिल्म फेयर म्यागजिनका लागि फोटोसुट गराएकी हुन् । उनले करिअरमै पहिलो पटक विकिनी लगाएर फोटोसुट गराएको बताइन्छ । विकिनीमा उनको रूप गज्जबको देखिएको छ । चोपडा चाँडै चलचित्र नमस्ते लन्डनमा देखिँदै छिन् ।
यही चलचित्रको प्रमोसनमा व्यस्त भएका बेला उनले उक्त फोटोसुट गराएकी हुन् । परिणिती चलचित्र नमस्ते लन्डनमा अर्जुन कपुरको अपोजिटमा छिन् ।