साप्ताहिक संवाददाता
गायक प्रहलाद तिमिल्सिना दोस्रो एल्वमका साथमा बजारमा आएका छन् । प्रहलादको आधुनिक शैलीका गीतहरुको एल्वम ‘महक–२’ यसै साता राजधानीमा सार्वजनिक गरिएको हो । एल्वममा प्रलादको एकल स्वर रहेको छ ।
काठमाडौंमा आयोजिन एक सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।
सार्वजनिक ‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् ।
जीवन लुईंटेलले एल्बका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । एल्बममा तिमीलाई नभेटुँ की, हिउँ सरी, ढकमक्क गुँरास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।
विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रसंसा गर्दै सांगीतिक क्षेत्रमा पाइरेसीको समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘संगीतमा भएको सर्जकहरुको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयले त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ ।’
चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । पहिलो एल्बमका अधिकांश गीतहरु लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा विभिन्न चलचित्रका करिब सय गीतमा आफ्नो स्वर दिन भ्याएका छन् । उनका गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि गीत लोकप्रिय मानिन्छन् ।
एल्वम सार्वजनिक समारोहमा एल्वम भित्रको थोत्रो रेडियो बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनि गरिएको थियो ।
थोत्रो रेडियोको म्यूजिक भिडियो :