साप्ताहिक संवाददाता
चलचित्र ‘द ब्रेकअप’को पहिलो गीत रिलिज भएको छ । चलचित्र युनिटले आफ्ना दर्शकका लागि तिहारको कोशेली स्वरुप उक्त गीत सार्वजनिक गरेको जनाएको छ । यो गीत दशक पहिले प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ को रिमेक हो ।
‘ज्वाला’ चलचित्रमा उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत तथा आशा भोस्ले र उदितनारायण झाको स्वर रहेको थियो । ‘न्यू भर्सन’मा विराज गौतम र मेलिना राईले गीत गाएका छन् । गीतमा संगीतसंयोजन ब्रिजेश श्रेष्ठले गरेका छन् । ‘ज्वाला’मा कम्मर मर्काएका अभिनेता सरोज खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा चलचित्रका मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की देखा परेका छन् । हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्र आगमी पुष २७ बाट प्रदर्शनको तयारीमा छ ।
गीतको भिडियो :