साप्ताहिक संवाददाता
कार्तिक १५, २०७५
बजारमा राम्रा तथा आकर्षक सामान मात्र बिक्री हुन्छन् भन्ने हुँदैन भन्ने कुरालाई क्रिस्टोफर केनले डिजाइन गरेको अनौठो जुत्ताले प्रमाणित गरेको छ । युवतीहरूलाई थाहा छ, हाई हिल लगाउँदा आकर्षक देखिन्छ । उनीहरूलाई यो पनि थाहा छ, हाई हिल लगाएर हिँड्डुल गर्न कष्ट हुन्छ ।
यही रहर र समस्याको बीचमा बसेर काम गर्ने क्रिस्टोफरले डिजाइन गरेको हाई हिल जुत्ताले पश्चिमी मुलुकको बजारमा लोकप्रियता पाइरहेको छ । उक्त जुत्तामा हाई हिल लगाउँदा समस्या देखिने भागमा स्पोन्ज प्रयोग गरिएको छ ।
केनले डिजाइन गरेका हाई हिलहरू बजारमा आएको केही समयमै १ लाख २० हजार रुपैयाँमा बिक्री हुने गरेका छन् ।