साप्ताहिक संवाददाता
कार्तिक १५, २०७५
बेलायतको ग्रिटिङ कार्ड कम्पनी मुनपिगले आफ्ना उपभोक्ताहरूबाट बर्सेनि उनीहरूलाई मनपर्ने तस्बिर माग गर्छ । यसरी प्राप्त भएका आकर्षक तस्बिरलाई नयाँ वर्ष, बर्थ डे, भ्यालेन्टाइन डे आदि विभिन्न उत्सवमा प्रदान गरिने ग्रिटिङ कार्डमा प्रयोग गरिन्थ्यो ।
मुनपिगले आफ्नो वेबसाइटमा तस्बिर अपलोड गर्न आह्वान गरेपछि उपद्रो गर्न रुचाउनेहरूले आफ्नो जानेन्द्रियको तस्बिर खिचेर अपलोड गरिदिए ।
प्रयोगकर्ताहरूले आफ्नो जानेन्द्रियको तस्बिर अपलोड गर्न थालेपछि मुनपिगले ट्विटरमार्फत त्यस्ता तस्बिर अपलोड नगर्न अनुरोध गरेको छ ।