साप्ताहिक संवाददाता
कार्तिक १५, २०७५
तिहारको पूर्वसन्ध्या पारेर भोली शुक्रबार ललितपुरको सुनाकोठीमा एउटा विशेष सांगीतिक कार्यक्रम हुँदैछ । सुनाकोठीको ऐतिहासिक संस्कृति तथा सभ्यता जगेर्ना गर्ने उद्देश्यले महर्जन कम्प्लेक्सले गायक रुपेश डंगोलको सक्रियतामा ‘इन्डोर लाइभ म्युजिकल कन्सर्ट’ शीर्षकको यो सांगीतिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कलाकार : भीम तुलाधर, ज्योति घिमिरे, सञ्जय श्रेष्ठ, बबिन प्रधान, जेम्स प्रधान, सचिन रौनियार, विजय गुरुङ, रविन महर्जन, रुपेश डंगोलको साथमा मानिकमान सिंह, भूपेन्द्र बज्राचार्य तथा प्रविण मानन्धरको ब्याकअप ब्यान्ड ।
स्थान : हंग्री ट्रिट रेस्टुराँ एन्ड पार्टी प्यालेस, सुनाकोठी, ललितपुर
समय : साँझ ५ बजे प्रवेश शूल्क : दुई हजार रुपैयाँ ।