साप्ताहिक संवाददाता
सामान्य अवस्थामै गर्भवती गराउन सक्ने भए पनि अप्रेसन गर्न प्रोत्साहित गर्ने स्वास्थ्य संस्था तथा चिकित्सकहरूको कार्य उदेकलाग्दो छ । यस्तो कार्यले डेलिभरीजस्तो संवेदनशील कुरालाई थप जोखिमपूर्ण बनाएको छ (जबर्जस्ती अप्रेसन) । प्राकृतिक तरिकाले शिशु जन्मने अवस्था हुँदाहुँदै अथवा आमा र शिशुको ज्यान सुरक्षित हुँदाहुँदै अनेकौं डर–त्रास देखाएर जबर्जस्ती अप्रेसन गराइनु दुखद् कुरा हो । यस्तो कार्य निरुत्साहित गरिनुपर्छ ।
रक्षा नेपाल
सुबिन भट्टराईले गाउँको दसैंको धुमिल अनुभूतिलाई फेरि ताजा बनाइदिनुभयो । गाउँको दसैंजस्तो दसैं खोजेर कहाँ पाउनु (गाउँको दसैं) । मलाई आफ्नै अनुभूतिजस्तो गरी लेखकले गाउँको सम्झनाले लपक्कै भिजाइदिनुभयो ।
मोहन शाह
एमी दाहालका बारेमा पढ्न पाउँदा खुसी लाग्यो । मैले उनले अभिनय गरेका चलचित्र तथा नाटक त हेर्न पाएको छैन् (असुरक्षित छन् छोरी मान्छेहरू) । यद्यपि उनको सोचजस्तै अभिनय पनि सुन्दर होस र उनका चलचित्र तथा नाटक अब्बल साबित हुन् भन्ने शुभकामना ।
परदेशी कान्छा
कुनै समय बिपना थापा मेरी प्रिय हिरोइन् थिइन । उनको अभिनय अब्बल दर्जाको थियो, तर उनको मन पनि त्यस्तै निर्मल र राष्ट्रप्रेमी रहेछ (राष्ट्र र राष्ट्रियता नै ठूलो कुरा रहेछ) । हरेकका लागि आफनो जन्मभूमी ठूलो हुन्छ । बिपनाको विचार र मन मातृभूमि प्रेमले ओतप्रोत रहेछ । मलाई निकै खुशी लाग्यो ।
निरन्जन शाही
नेपालमा बसेर चाकरी गरी जागिर खानुभन्दा त यही ठीक हो नि (विद्यार्थी भिसामा बिदेसिने बढे) ।
सहिल खरेल
स्वदेशी क्रिकेटमा नयाँ–नयाँ प्रयोग हुनु सुखद् कुरा हो । यसले हाम्रो घरेलु क्रिकेटको आधार बलियो तुल्याउँछ (नेपाली क्रिकेटमा नयाँ प्रयोग: क्रिकेट फ्यान्टासी) । अर्का तिर हाम्रो क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न पनि सहज हुन्छ । ब्यापार र मनोरन्जनका दृष्टिकोणले पनि यस्ता प्रतियोगिताहरू भैरहनुपर्छ ।
निशा गुरुङ
गायक विश्व नेपालीका बारेमा पढ्न पाउदा खुशी लाग्यो (कर्पोरेट जगतका प्रिय: विश्व नेपाली) । साप्ताहिकले यस्तै लुकेका प्रतिभालाई मूलधारमा ल्याउने काम गरिरहोस ।
रुचित विक
ज्योति मगरलाई धेरैले छाडा भनेर गाली गर्छन्, तर म त्यसरी गाली गर्ने पक्षमा छैन् (कोमल वली–२ पनि हुन सक्छु) । उनी जे बोल्छिन् र जे गर्छिन् स्पष्ट रूपमा गर्छिन् । त्यसैले उनी कपटी छैनन् । ज्योतिको यही स्वभावका कारण म उनको प्रशंसक भएको हुँ । साप्ताहिकको प्रश्न र ज्योतिको जवाफ रमाइलो लाग्यो ।
विशाल राई
केकी अधिकारीलाई अग्रिम शुभकामना । निर्देशक बन्ने तयारीमा हुनुहुँदो रहेछ (केकी अब निर्देशक) । अभिनयमा जस्तै निर्देशनमा पनि केकीको जादु चलोस् ।
हरेराम चौधरी
दुवै चकलेटी हिरोलाई शुभकामना (चकलेटी भिडन्त) । मलाई यी अभिनेताद्वयको क्युट लुक खुबै मन पर्छ ।
प्रियशा अधिकारी
साथीहरूको पनि भर पर्न नसकिने, कस्तो समय आयो (आफ्नै साथी काल बनेपछि) । पैसा र लोभ भन्ने कुराले केही नचिन्दो रहेछ ।
हिमांक प्रधान