साप्ताहिक संवाददाता
भैलिनी आइन् आँगन, गुन्यू चोली मागन हे औंसी बार गाईतिहार भैलो ।
अर्जुन तिवारी, छायाँकार
यो घर कत्रो दरबार जत्रो । घर जत्रो भए पनि बच्चामा देउसी–भैलो खेल्दा यो लाइन बारम्बार दोहोरिन्थ्यो । गाउँमा धेरैजसो खरको झुप्रो हुन्थ्यो । खरको झुप्रोलाई दरबार जत्रो भनेर होच्याएको भन्दै गाउँमा एकजना दाईले लखेटेका पनि थिए ।
प्रकाश सपूत, गायक
कालो कात्तिक तीनदिने तिहार मनाउनैपर्छ, जनाउनैपर्छ, संस्कृति हाम्रो जोगाउनैपर्छ, बचाउनैपर्छ ।
आनन्द राई, संगीतकार
तिहारै आयो लौ झिलिमिली ए सुन हजुर भैलिनी आए आँगन ।
चाँदनी मल्ल ठकूरी, गायिका
आ है केराको खम्बा, आ है हामी सबै जम्मा— देउसी रे ।
विनोद न्यौपाने, अभिनेता
झिलिमिली झिलिमिली देउसिरे, केको झिलिमिली, फूलको होइन बत्तीको झिलिमिली ।
निशान भट्टराई, गायक
हे भन–भन भाइ हो देउसी रे । हे रातो माटा, चिप्लो बाटो देउसी रे ।
टंक तिमल्सिना, गायक
छाना भरी घिरौंला के–के दिन्छन् हेरौंला । हरियो गोबरले पोतेको लक्ष्मी पूजा गरेको ।
मुकेश आचार्य, अभिनेता
आहै छाना माथि घिरौंला के–के दिन्छन् हेरौंला— यो टुक्काचाहिँ एकदमै रमाइलो छ अनि यसले घरबेटीलाई चुनौति दिएजस्तो लाग्छ ।
ऋचा शर्मा, अभिनेत्री
हे औंसी बार, गाईतिहार— भैलो ।
कोमल वली, गायिका तथा सांसद
आहै, भन–भन भाइ हो देउसी रे, राम्ररी भन देउसी रे ।
पृथ्वीराज प्रसाईं, अभिनेता
हजुरको आँगनीमा नाच्दै र गाउँदै आयौं, वर्षमा दिनको चाँडै सम्झेर ।
केकी अधिकारी, अभिनेत्री
हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको हे औंसी बार गाईतिहार भैलो ।
पूर्णकला बिसी, गायिका
यो घरमा लक्ष्मीले बास गरुन् । ए अहिले आउँदा, खरको छानो, अर्को साल आउँदा सुनको छानो होस् ।
निक्स शर्मा, मोडल
ए छाना माथि घिरौंला देउसी रे.... के–के दिन्छन् हेरौंला देउसी रे ।
राजाराम गौतम, रंगकर्मी
रातो माटो देउसी रे, चिप्लो बाटो देउसी रे ।
पुरुषोत्तम भण्डारी, हास्यकलाकार
आ है भन–भन भाई हो– देउसी रे । रातो माटो देउसी रे । चिप्लो बाटो देउसी रे ।
सुर्यमणी आचार्य, लोक गायक
घोडा बाँध्ने तबेला, हामीलाई भयो अबेला । किनकी भागिहाल्न पाइन्छ एउटै घरमा कति अल्झिनु ?
दीपकराज गिरी, अभिनेता
आहै भन मेरा भाई हो देउसी रे, देउसी रे भन ।
चेतन सापकोटा, संगीतकार
छाना माथि घिरौंला के–के दिन्छन् हेरौंला । हे औंसी बार गाईतिहार भैलो ।
वर्षा राउत, अभिनेत्री
तिहारै आयो लौ झिलिमिली ए सुन हजुर भैलिनी आइन् आँगन ।
युवराज चौलागाईँ, गायक
देउसी–भैलोमा आजकाल पनि उही पुरानो भाका र भाषा नै लोकप्रिय छ । जति पुरानो भयो त्यति नै मीठो लाग्छ । मलाई भाहिँ तिहारै आयो लौ झिलिमिली गीत एकदमै मन पर्छ ।
कृष्ण काफ्ले, गायक
घोडा बाँध्ने तबेला हामीलाई भयो अबेला ।
राज के गोश्वामी, गायक
हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको । हे औंसी बार गाई तिहार भैलो ।
विशाल थापा, मोडल
हामी त्यसै आएनौं बलि राजाले पठाए ।
रामचन्द्र काफ्ले, गायक
ए आखम पाखम, सेलरोटी चाखम् देउसी रे ।
अशिष्मा नकर्मी, अभिनेत्री
ए भन–भन भाइ हो देउसी रे, स्वर मिलाइकन देउसी रे, सबैले भन देउसी रे, रातो माटो देउसी रे ।
नवीन पौडेल, गायक
देउसी भैलोको अन्तिममा आशिष दिँदा भनिने– आहै यो घर कत्रो देउसी रे । आहै राजदरबार जत्रो देउसिरे ।
प्रदीप भट्टराई, निर्देशक