साप्ताहिक संवाददाता
दसैंमा खसी काटेर खाइहालियो, अब तिहारमा कुकुर काटेर खान मिल्दैन, नत्र त त्यो माया भन्ने शब्द नै हराउँथ्यो ।
बुद्ध पुनछा
वर्षभरि कति जीवजन्तुमाथि अत्याचार गरिन्छ, त्यसको पाप नलागोस् भनेर वर्षमा एकपटक क्षमा याचना गर्न पनि त्यस्तो प्रेम भाव प्रकट गरिन्छ । मानिस साँच्चै मान्नैपर्ने स्वार्थी प्राणी हो ।
रोशन राना
चौरासी लाख जुनी घुमेर मान्छे भा’छ रे † त्यसकारण आफू पनि कुनै जन्ममा त्यही जनावर भइन्छ भनेर आदरभाव र सद्भाव दिइएको होला ।
पोखरेल शिव
अरू बेला त मानिसले टाउकोदेखि खुट्टासम्म, कानदेखि फोक्सोसम्मका थरीथरीका परिकार बनाएर खाइहाल्छन्, अनि तिहारमा चाहिँ यसो देखावटी रूपमा खान नहुने जनावरको चैं पूजा गरेजस्तो गर्छन् ।
मनिष श्रेष्ठ
गाई, कुकुर, काग मात्र होइन, काठमाडौंका महर्जन, डंगोल आदि कृषि पेसा भएका नेवारले साउनतिर खेतमा भएका भ्यागुतालाई खाना ख्वाउँछन् । ‘ब्यां जा नक्किगु’ भनिने पर्व नै हुन्छ ।
हरिहर जोशी
दसैंमा हत्या–हिंसा गरेर तिहारमा रोएजस्तो गर्छन् ।
इब्सन सुब्बा
हाम्रो धर्म परम्परा अनि संस्कारसँग जोडिएको हुनाले ।
राजु प्राग
दसैंमा मार हानेको जनावरको पाप नलागोस भनेर ।
बाबुश्री
दाजुभाइ भनेका कुकुर र गोरुको प्रतीक हुन्, त्यही भएर ।
कुमार विष्ट
यो प्रेमभाव होइन, भेदभाव हो ।
उमेशचन्द्र राई
हर कुत्तेकी दिन आता है भन्ने हिन्दी भनाइलाई प्रस्ट पार्न होला नि †
रोहित सित्यान
मानिसलाई विभिन्न परिस्थितिमा जनावरले सहयोग गरेकाले ।
सूचना शर्मा