साप्ताहिक संवाददाता
कार्तिक १८, २०७५
देउसी–भैलो खेल्दा संयमित एवं अनुशासित रहनुपर्छ ।
समूह बनाएर सामाजिक कार्यका लागि देउसी–भैलो खेल्नु उपयुक्त हुन्छ ।
पैसा कम पाइयो भनेर अपशब्द बोल्ने तथा सामान तोडफोड गर्ने काम गर्नु हुँदैन ।
देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्व जानकारी गराउनु राम्रो हुन्छ ।
धेरै अबेरसम्म अरुलाई अप्ठ्यारो हुने गरि देउसी–भैलो खेल्नु हुँदैन ।
हिजोआज संघ–संस्थाहरू समूह बनाएर देउसी भैलो खेल्ने गरेका छन् । यसरी देउसी–भैलो खेल्दा अर्को समूहसँग झगडा गर्नु हँुदैन ।