साप्ताहिक संवाददाता
टोक
सन् २०१४ मा अमेरिकामा आयोजित एक व्यापार मेलामा राखिएको यो चकलेट त्यतिबेला प्रति चकलेट २ सय ६० डलरमा बेचिएको थियो । लिमिटेड अडिसनका रूपमा उत्पादन गरिएको उक्त चकलेट त्यतिबेला जम्मा ५ सय ७४ थान बनाइएको थियो, जसमा ८१ प्रतिशत डार्क चाकलेट प्रयोग गरिएको थियो ।
मेडलाइन ट्रफल
७१ प्रतिशत डार्क चकलेट प्रयोग गरेर फ्रान्समा निर्माण गरिएको यो चकलेटको मूल्य त्यति बेला २ सय ५० डलर थियो, जम्मा १ दशमलव ५ औंस तौलको यो चकलेटमा रिचक्रिम तथा भेनिलासमेत प्रयोग गरिएको थियो ।
गोल्ड चकलेट बक्स
स्वीजरल्यान्डमा सन् १९१० देखि १९२० को अवधिमा निर्मित यो चकलेटमा २४ क्यारेट सुनको परत चढाइएको थियो । त्यतिबेला त्यस्ता ८ वटा चकलेट राखिएको एउटा बाकसको मूल्य १ सय ३३ डलर थियो । यो मूल्य आजभन्दा १ सय वर्ष अघिको हो ।
अमेडिज प्रिडाइम
संसारकी पहिलो महिला चकलेट निर्मात्रीद्वारा उत्पादित अमेडिज प्रिडाइम नामक चकलेटको मूल्य ५५ डलर प्रति चकलेट थियो । यो चकलेट बजारमा उपलब्ध थिएन । यो चकलेटका ग्राहकले हुलाकमार्फत् अर्डर पठाउनुपथ्र्यो र उनीहरूले हुलाकमार्फत् नै चकलेट प्राप्त गर्थे । यो चकलेट न्युयोर्कमा सामाजिक प्रतिष्ठाको विषय समेत बनेको थियो ।
ले लिभरे
सन् २००० मा फ्रान्सको एक चकलेट निर्माता कम्पनीले २ सयौं वार्षिक उत्सव मनाउन निर्माण गरेको ले लिभरे नामक चकलेटको मूल्य ५ सय ५० डलर थियो जसको एउटा बक्समा जम्मा ३५ वटा चकलेट हुन्थे ।