साप्ताहिक संवाददाता
कार्तिक १९, २०७५
लोकप्रिय गायक हिमाल सागर तिहारको पूर्व सन्ध्या पारेर एउटा नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘बाजा...’ शीर्षकको उक्त गीतको भिडियोले कम समय मै दर्शकको मन जितेको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीतका शब्दशरु अमर थापाले रचना गरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन छ ।
सुव्रतराज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा अभिनेता सुनिल क्षेत्रीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमा सुनिल क्षेत्री र नेपाली ठिटोजको कोरियोग्राफी छ । भरत रेग्मीले भिडियोलाई सम्पादन गरेका हुन् ।
बाजाको म्युजिक भिडियो :