साप्ताहिक संवाददाता
ह्दयाघातबाट जोगाउँछ
गुलियो पदार्थसँग दूधजन्य पदार्थ मिश्रण हुँदा निर्माण हुने सुक्रोज नामक तत्वले मानिसलाई अचानक हुन सक्ने ह्दयाघातबाट सुरक्षा प्रदान गर्छ । नेपाल तथा भारतमा चकलेटजन्य गुलियो पदार्थको प्रयोग कम भए पनि युरोपमा ह्दयाघातबाट जोगिनकै लागि बढी चकलेट प्रयोग गरिन्छ ।
स्वस्थकर खाना
हामीकहाँ बिहान सबेरै नास्ता खाने चलन त्यति नभए पनि प्राय:जसो समाजमा बिहान सबेरै नास्ता गर्ने चलन छ । नास्तामा चिल्लो तथा गुलियो बढी प्रयोग गरिन्छ । नास्तामा प्रयोग गरिएको चिल्लो तथा गुलियोले बिहान शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ । यस्तो ऊर्जाको स्रोत दूध, चिज, अन्डा तथा गुलियोजन्य चकलेटलाई नै मानिन्छ ।
राम्रो निन्द्रा ल्याउँछ
निद्रा मानिसको स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ । राम्रो निद्राका लागि गुलियो स्वादको भोजनले सघाउ पुर्याउँछ । यसैकारण कतिपय मानिस साँझको खानापछि अलिकति भए पनि गुलियो खान्छन् । भोज–भतेरमा डिजर्टमा समावेश गरिने मिठाई त्यसकै प्रतीक हो ।
वजन घटाउन सघाउँछ
धेरै मानिसको विश्वास विपरीत कोका पाउडर प्रयोग गरिएको डार्क चकलेट खाँदा अनावश्यक तौल नियन्त्रण गर्न सघाउ पुग्छ । यही कारणले व्यायामलाई नियमितता दिने प्राय:जसो मानिस भोजनपछि अलिकति भए पनि गुलियोजन्य मिठाई वा चकलेट खान रुचाउँछन् ।
रक्तचाप घटाउँछ
धेरै मानिसको विश्वासविपरित चकलेटले उच्च रक्तचापबाट पीडित मानिसलाई राहत प्रदान गर्छ । नियमित कोका पाउडर प्रयोग गरिएको डार्क चकलेट खाँदा रक्तचाप नियन्त्रित हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् ।