साप्ताहिक संवाददाता
कार्तिक २०, २०७५
भाइटीकाका दिन टीका लगाइसकेपछि दिदीबहिनीले आफ्ना दाजुभाइलाई उपहारस्वरुप भाइमसला दिन्छन् ।
काठमाडौंको मख्खन गल्ली भाइमसलाका लागि प्रख्यात बजार हो ।
भाइमसलाका लागि काजु, बदाम, पेस्ता, ओखर, किसमिस, सुपारी, नरिवल, सुकमेल, ल्वाङ, सुपारी, अलैंची, अंजिर, मखाना, कटुस आदि प्रयोग गरिन्छ ।
भाइमसला विभिन्न आकर्षक प्याकमा र्याप गरेर बिक्री गरिन्छ ।
आफ्नो आवश्यकता अनुसार साना–ठूला प्याकका भाइमसला खरिद गर्न सकिन्छ ।