साप्ताहिक संवाददाता
कार्तिक २०, २०७५
तिहारका बेला वातावरण नै फूलमय देखिन्छ । यतिबेला सयपत्री, मखमली तथा गोदावरी फूलको प्रयोग अधिक हुन्छ ।
तिहारको तेस्रो दिन (लक्ष्मी पूजा) घर,कार्यालय तथा पसलहरू सयपत्री फूलका मालाले सजाइन्छ ।
तिहारमा गोदावरी फूल पनि प्रयोग गरिन्छ । यसमा रातो, सेतो, पहेंलो तथा गुलाफी रंगको फूल बढी प्रयोग हुन्छ ।
भाइटीकाको दिन दाजुभाइको दीर्घायुको कामनाका लागि कहिल्यै नओइलाउने मखमली फूलको माला प्रयोग गरिन्छ ।