साप्ताहिक संवाददाता
कार्तिक २१, २०७५
विभिन्न शुभकार्यमा निर्माण गरिने भएकाले रंगोलीलाई शुभप्रतीक मानिन्छ ।
रंगोली प्राचीन सांस्कृतिक तथा लोक कला हो ।
लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी पार्न रातो, हरियो, पहेंलो, नीलो, सुन्तला, गुलाफी आदि रंगको प्रयोगबाट रंगोली तयार पारिन्छ ।
यो दिन प्रवेशद्वार, सफा स्थान तथा आँगनमा फूल, मयुर, देवीदेवता, दियो, कलश तथा अन्य आकृतिका रंगोली बनाइन्छ ।