साप्ताहिक संवाददाता
दोहोरी गीत सुन्ने तथा मन पराउनेहरूको संख्या निकै ठूलो छ । हरेकजसो टेलिभिजनमा दोहोरी गीतका छुट्टै कार्यक्रमहरू छन् । दोहोरीका म्युजिक भिडियोहरू पनि दिनहुँ बजिरहन्छन् । काठमाडौंमा दोहोरी साँझ खुल्ने क्रमसमेत बढिरहेको छ । नाम चलेका थुप्रै कलाकार दोहोरी साँझबाटै उदाएको पाइन्छ । दिनभरिको शारीरिक तथा मानसिक थकान मेटाउन दोहोरी साँझ जाने चलन बाक्लै छ । मीठा परिकारको स्वाद लिँदै दोहोरी हेर्न मात्र होइन, आफूलाई मन परेका गीत फर्माइससमेत गर्न सकिन्छ ।
माछापोखरी चोकमा राजधानी रोधी घर सञ्चालनमा आएको दुई वर्ष पुग्न लाग्यो । गायक प्रकाश कटुवालले सञ्चालनमा ल्याएको यो दोहोरीमा मारुनी, कौडा, सालैजो, रोइला, देउडा, लोकदोहोरी, आधुनिक तथा पुर्वेली गीत बढी सुन्न पाइन्छ । कलाकारहरू बालचन्द्र बराल, हरिमाया रायमाझी, विशाल रायमाझी, हरिशंकर चौधरी, भीम पौडेल, किशोर लम्साल, गायिका पूजा स्त्री, सरिता शाही, हरिमाया रायमाझी, डान्सर प्रियंका नेपाली, सपना ढेगामगर, पूजा पोखरेलले त्यहाँ प्रस्तुति दिँदै आएका छन् । काठमाडौंमा अहिले करिब १ सयवटा दोहोरी रेस्टुराँ भएको बताइन्छ भने मुलुकभर दोहोरी रेस्टुराँको संख्या २ सय ३० को हाराहारीमा छ । दोहोरी घरको बिशेषता के हो भने त्यहाँ गाउँको झ–झल्को पाइन्छ । रोधी बस्ने चलन गाउँमा हराउँदै गए पनि सहरका दोहोरी रेस्टुराँहरूले त्यो प्रचलन बढाएका छन् ।
काठमाडौंका चर्चित रोधी घर
राजधानी रोधी घर, माछापोखरी चोक
दरबार टु, जमल
गामबेसी दोहोरी, ठमेल
गण्डकी दोहोरी, कमलादी
नीरमाया दोहोरी, कमलादी
नगरकोट दोहोरी, ठमेल
बाँसुरी दोहोरी, बालाजु