साप्ताहिक संवाददाता
स्मार्टफोन र ट्याब्लेटको बढ्दो मागका साथ डिजिटल वल्र्डमा भिडियो तथा मोबाइल गेमको मागसमेत बढिरहेको छ । संसारका प्रसिद्ध कम्पनीहरूले यस्ता गेम बनाइरहेका छन् र यसको कारोबार अर्बौं रुपैयाँ सम्म पुगेको छ । तिहारमा भिडियो गेम खेलेर आफ्नै संसारमा रमाउनेहरू पनि प्रशस्तै हुन्छन् । उनीहरू विभिन्न भिडियो गेम खेलेर आफैंसँग मज्जा लिन सक्छन् ।
कतिपय मानिस भिडियो गेमका अम्मलीसमेत भएका छन् । उनीहरूले गेमकै लागि सारा कामसमेत छोडेको पाइन्छ । एक अनुसन्धानअनुसार अमेरिकाका ९० प्रतिशत मानिस यस्ता गेम खेल्छन् । तीमध्ये १५ प्रतिशत यसका अम्मली नै छन् । यस्ता अम्मलीहरू दिनमा १० देखि २० घण्टा खेलमै झुन्डिन्छन् । अक्सफोर्ड युनिभर्सिटीको एक रिपोर्ट अनुसार कुनै विद्यार्थीले दिनमा एक घण्टा भिडियो गेम खेल्छ भने त्यसले उनीहरूको पढाइमा समेत मद्दत गर्छ, किनभने यसले सानातिना समस्याको समाधान खोज्न सहयोग पुर्याउँछ । गेमको टार्गेट हासिल गर्ने भावनाका कारण बिद्यार्थीहरूमा प्रतिस्पर्धी भावनाको विकास हुन्छ, तर धेरै समय गेम खेल्दा उनीहरूमा नकारात्मक असर पर्छ ।
मुख्य १० भिडियो गेमग्रान्ड थेफ्ट अटो
यो स्ट्रिट क्राइममा आधारित भिडियो गेम हो ।
स्टार वार्स
यो मल्टिप्लेयर अनलाइन रोल प्लेइङ गेम हो ।
ग्रान्ड थेफ्ट–४
यसमा कारमा भएको रेडियो स्टेसनबाट मिसनलाई नियन्त्रण गरिन्छ ।
रेड डेड रिडेम्पसन
यो सन् १९११ मा अमेरिकी सिमानामा रहेका सिकारी जोनको जीवनमा आधारित गेम हो ।
डिज्नी इन्फिनिटी
यो गेममा डिज्नी र पिक्सर चलचित्रका चरित्रहरू समावेश गरिएको छ ।
टम राइडर
यसमा नयाँ पुस्तालाई विभिन्न चरित्रमा प्रस्तुत गरिएको छ । यही कारणले युवाहरूले यो खेल
निकै रुचाउँछन् ।
अल प्वाइन्ट्स बुलेटिन
माइक्रोसफ्टका लागि विकास गरिएको यो मल्टिप्लेयर अनलाइन गेम हो ।
ग्रान टुरिज्मो
यसलाई संसारकै सर्वाधिक डरलाग्दो रेसिङ गेम मानिन्छ ।
शेनम्यु
यो एक प्रकारको एड्भेन्चर गेम हो । टीनएजर्सहरू यसमा चरित्रका रूपमा समावेश हुन्छन् ।
क्राइसिस–३
सन् २०४७ मा न्युयोर्क सिटी कस्तो देखिएला ? यसमा त्यही दृश्य प्रस्तुत गरिएको छ ।