पश्चिमाञ्चल होटल संघले पोखरामा १२ औँ भाईटीका फेस्टिभल २०७५ आयोजना गर्यो । फेस्टिभलमा अमेरीका, अष्ट्रेलीया, जापान, चाईना, जर्मन, वेलायत, फ्रान्स, होल्याण्ड, नेदरल्याण्ड, वेल्जियम, ईजरायल, क्यानडा, रसिया र स्पेनका गरी १४ देशका ६० जना पर्यटक सहभागि भए । यस बर्ष केहि देशका पर्यटकहरु पुन: दोहोरीयर यो फेस्टिभलमा सहभागी भएका थिए । उनीहरुलाई पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका बालिकाहरुले नेपाली परम्परा अनुसार टिका लगाइदिए ।
उक्त फेस्टिभलमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टीका लगाईएको थियो । पर्यटकहरुलाई निधारमा सप्तरंगीका साथमा, सयपत्री फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरुलाई सल प्रदान गरी मसला समेत प्रदान गरिएको थियो ।
बालीकाहरुले दाई तथा दिदीको रुपमा पर्यटकहरुलाई टिका लगाए पछि उनीहरुलाई पर्यटकहरुले समेत दक्षिणा दिएका थिए । नेपाली मौलिक पर्व तिहारका बारेमा पर्यटकहरुलाई जानकारी गराउदै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त फेस्टिभललाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए ।