साप्ताहिक संवाददाता
नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । नेपाली चलचित्रको सबैभन्दा ठूलो बजार मानिने अमेरिकामा यो चलचित्रले प्रदर्शनको अर्को नयाँ रेकर्ड बनाएको हो । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको छ ।
यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ साता मात्रै नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसकको बताईएको छ । अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको डालसका लागि आधिकारिक वितरक नेप्सिेन र प्लानेट थ्री फिल्मस्ले जानकारी दिएका छ ।
नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुावर लगायतका कलाकारको मुख्य भूमिका छ ।