साप्ताहिक संवाददाता
कार्तिक २६, २०७५
बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १०४ औँ जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीलाई सम्मान गरिएको हो ।
उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुयार्एको योगदानको खुलेर प्रशंशा गरेका थिए ।
उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण समेत गरे ।