सुश्री सम्पतीको झुम्की

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७५

 

मङ्सिर २८ बाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पती’को दोस्रो गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्कीलाई हट अवतारमा प्रस्ततुत गरिएको छ । प्रियंकाका साथमा गीतमा सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि देखा परेका छन् ।  

सुरेश अधिकारीको शब्द/संगीत रहेको सार्वजनिक गीतमा मिना निरौला र राजन इशानले स्वर दिएका छन् । ‘झुम्की’बोलको सार्वजनिक गीत कविराज गहतराजले निर्देशन गरेका छन् । 

सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । 

चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

 झुम्की गीतको भिडियो : 

प्रकाशित :कार्तिक २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×