साप्ताहिक संवाददाता
अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सन ‘जाने क्या हुवा ए’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी चलचित्रको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ ।
चलचित्रमा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेत्री खड्का कै कथा तथा लेखन रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । यो चलचित्र माघ २५ बाट देशभर रिलिज हुनेछ ।
गीतको भिडियो :