साप्ताहिक संवाददाता
अभिनेता निखिल उप्रेती तथा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक भएको छ । पौष २७ गते देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्र देवेन्द्र राज पाण्डेले निर्देशन गरेका हुन् ।
चलचित्रको सार्वजनिक पोस्टरमा निखिलको भिलेन लुक्स देखाइएको छ । चलचित्रका अन्य कलाकारलाई भने पोस्टरमा स्थान दिईएको छैन् ।
चलचित्रमा निखिल र शिल्पाका साथमा निशा अधिकारी र कपिल खत्री पनि शिर्ष भूमिकामा देखा पर्ने छन् । द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मौनता श्रेष्ठको लेखन रहेको छ । चलचित्र सौरभ लामा र मदन कायस्थ घिमिरेले खिचेका हुन् ।
चलचित्रमा वसन्त सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, शुक्र राज शाहको द्वन्द, दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ ।