साप्ताहिक संवाददाता
कार्तिक २९, २०७५
गीतकार घनबहादुर थापाले रचना गरेका आधुनिक गीतहरूको एल्बम नबिर्सको लोकार्पण काठमाडौंमा सम्पन्न भएको छ । एल्बमका गीतमा आनन्द कार्की, अञ्जु पन्त, सविना कार्की तथा निखिता थापाको स्वर समावेश छ । ती गीतलाई शक्ति वल्लभ, शिखर सन्तोष, दीपक शर्मा, अर्जुन पोखरेल, राजनराज शिवाकोटी तथा ताराप्रकाश लिम्बूले संगीतबद्ध गरेका छन् ।
पद्मिनी सार्वजनिक
गजलकार निश्चल पिएसको गजल एल्बम पद्मिनी सार्वजनिक भएको छ । यो एल्बमका गजलमा अञ्जु पन्त, स्वरूपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, नीरा रानाभाट तथा सुनीता थेगेमको स्वर सुन्न सकिन्छ ।
ती गजललाई हरि लम्साल, महेश खड्का, गैरे सुरेश एवं ताराप्रकाश लिम्बूले संगीतबद्ध गरेका छन् । समारोहमा एल्बममा समावेश कहाँ–कहाँ खाजें गजलको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।